25th May | 2018 | Friday | 9:07:12 PM

रुसले विन्टर ओलम्पिक खेल्न नपाउने

  POSTED ON : Thursday, 07 December, 2017 (11:22:15 AM)

रुसले विन्टर ओलम्पिक खेल्न नपाउने

एजेन्सी

मस्को । आगामी वर्ष हुने विन्टर ओलम्पिकमा रुस सहभागी हुन नपाउने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रुसलाई आगामी वर्ष हुने विन्टर ओलम्पिकमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

आईओसीको विशेष बैठक रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तर डोपिङमा दोषी नपाइएका रुसी खेलाडीले भने स्वतन्त्र झण्डा लिएर दक्षिण कोरियामा हुने प्रतियोगितामा भाग लिन पाउने आइओसीका अध्यक्ष थोसम बाचले बताए । रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसले आउँदो फेब्रुअरी ९ देखि सुरु हुने विन्टर ओलम्पिकमा समेत खेल्न नपाउने भएको हो ।

आइओसीको विशेष कमिटीले यस विषयमा निर्णय गर्नुअघि मंगलबार १६ महिना लामो अनुसन्धानको प्रतिवेदन र त्यसको सुझाव अध्ययन गरेको थियो । ओलम्पिक पावर हाउसको रूपमा चिनिने रुसमा यो प्रतिबन्धले ठूलो धक्का लागेको छ । आईओसीको निर्णयको रुसमा तीब्र आलोचना भएको छ ।

त्यहाँका केही राजनीतिज्ञले प्रतियोगिता बहिस्कार गर्नुपर्ने पनि बताएका छन् । आईओसीले भने विशेष कमिटीको लामो अनुसन्धान र त्यसैको सुझावका आधारमा प्रतिबन्ध कायम राख्ने निर्णय भएको बताएको छ ।