23rd October | 2018 | Tuesday | 10:27:01 AM

अनिता र जंगलाई स्वर्ण

  POSTED ON : Friday, 05 January, 2018 (3:48:09 PM)

अनिता र जंगलाई स्वर्ण

हिमालय टाइम्स

काठमाडौं । एपीएफका अनिता कार्की महिलातर्फ र जंग गिरीले पुरुषतर्फ राखेप च्याम्पियनसिपअन्तर्गत तेस्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक हात पार्न सफल भएका छन् । उनीहरूले इपी विधाअन्तर्गत आफ्ना प्रतिद्वन्द्वीलाई पछाडि पार्दै स्वर्ण हात पारेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला इपीतर्फ सेनाकी इन्दिरा पौडेलले रजत र सेनाकी सीता पाठक र एपीएफकी जानुका स्याङतानले कास्य पाए ।

तीन दिने प्रतियोगिताको पुरुषतर्फ सेनाका दीपेन्द्र विष्टले रजत प्राप्त गर्दा एपीएफका राजेन्द्र श्रेष्ठ र सेनाका सागर केसीले कास्य पाए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपाली सेना, एपीएफ मध्यमाञ्चल र पश्चिमाञ्चलका गरी ९६ खेलाडीको उपस्थिति रहेको छ ।


Views: 28