16th October | 2018 | Tuesday | 6:49:52 AM

खेलकुद सप्ताह यसै सातादेखि

  POSTED ON : Tuesday, 09 January, 2018 (5:42:50 PM)

खेलकुद सप्ताह यसै सातादेखि

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपाल, काठमाडौँको आयोजनामा खेलकुद सप्ताह यही पुस २९ गतेबाट शुरु हुने भएको छ । 

काठमाडौँको विभिन्न स्थानमा हुने खेलकुद सप्ताहमा पाँचवटा स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक खड्गबहादुर बस्नेतले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रतियोगितामा फुटबल, तीन हजार मिटर दौड, सटपुट, १०० मिटर दौड र एक गुणा सय मिटर दौड हुनेछ । प्रतियोगितामा काठमाडौँका करिब १०० विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजयी खेलाडीले ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । 

रासस


Views: 44