Date:2018/01/16 |Tuesday

थ्री स्टारलाई पराजित गर्दै आर्मी सेमिफाइनमा

Posted on: January 12, 2018 | views: 40 |

हिमालय टाइम्स

धनगढी । रुस्लान थ्री स्टार क्लबलाई स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार भएको खेलमा थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

खेलमा सुरुवाती अग्रता दिलाउने क्रममा आर्मीका नवयुग श्रेष्ठले छैटौं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीलाई दोस्रो हाफको ४९औं मिनेटमा सुमन अर्यालले अग्रता दोब्बर पारे । 

२–० ले पछि परेको पाँच मिनेट नबिŒदै निराजन खड्काले ५३औं मिनेटमा थ्री स्टारका लागि गोल गर्दै अन्तर घटाए तर बाँकी समय गोल हुन नसक्दा १५ महिनापछि फुटबलमा फर्किएको थ्री स्टार निराश बन्यो । 

गत वर्ष पहिलो चरण पार गरेर एन्फाको लापरबाहीका कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले सबै खाले प्रतियोगिता बहिष्कार गरेको थियो । खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम ११ र एपीएफ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । 

आर्मीले साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब वा अग्नि रूपन्देही ११ मध्ये एकसँग सेमिफाइनल खेल्नेछ । अन्तिम क्वार्टरफाइनलमा शुक्रबार मनाङ र रूपन्देही आमने सामने हुँदैछन् । 


तस्वीरः जितपछि खुशी मनाउँदै आर्मीको टोली, तस्वीरः आयोजक


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं