Date:2018/01/16 |Tuesday

मेस्सीको गोलमा बार्सिलोना क्वार्टरफाइनलमा

Posted on: January 13, 2018 | views: 40 |

एजेन्सी । लिओनल मेस्सीले पहिलो १५ मिनेटमा दुई गोल गरेको खेलमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रेअन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोलाई ५–० ले पराजित गर्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान पक्का गरको हो । 

घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनालाई जिताउन मेस्सीसँगै लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले समान १–१ गोल गरे । पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनाले समग्रमा ६–१ को जितसहित क्वार्टरफाइनलमा स्थान बनाएको हो । 

नाउक्याम्पमा पहिलो हाफमा चार गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल थप्यो । दुई मिनेटको फरकमा गोल गरेक मेस्सीले खेलको १३औं र १५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २८औं मिनेटमा अल्बाले गोल गर्दा बार्सिलोनाको ३–० को अग्रता लियो भने ३१औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ४–० को अग्रता दिलाए ।

सेल्टाविरुद्ध पूरै खेल अवधिभर हावी देखिएको बार्सिलोनाका लागि ८७औं मिनेटमा राकिटिकको अन्तिम गोल गरे । कोपा डेल रेअन्तर्गत नै बिहीबार राति दोस्रो लेगमा जित निकाल्दै सेभिया र स्पानियोल पनि अन्तिम आठमा प्रवेश गरेका छन् । योसँगै कोपा डेल रेको अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । रियल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेस र अलाभेसले यसअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं