22nd June | 2018 | Friday | 5:52:17 AM

आर्सनल छाड्ने मनसायमा साञ्चेज

  POSTED ON : Saturday, 13 January, 2018 (12:51:07 PM)

आर्सनल छाड्ने मनसायमा साञ्चेज

एजेन्सी

लण्डन । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका फरवार्ड एलेक्सिस साञ्चेजले क्लब छाड्ने मनसाय बनाएको बीबीसीले जनाएको छ । म्यानचेस्टरसिटी जाने मनस्थितिका साथ साञ्चेजले क्लब छाड्न लागेको समाचारको दाबी छ । 

यस सिजनमा २१ खेलमा ८ गोल गरेको फरवार्ड साञ्चेजका लागि आर्सनलले ३५ मिलियन पाउण्डको अफर सिटीलाई गरेको तर सिटी भने २० मिलियन तिर्न राजी देखिएको समाचारमा उल्लेख छ । दुवै क्लबबीच सकरात्मक छलफल भइरहेकाले २५ देखि ३० मिलियन पाउण्डमा साञ्चेजको सम्झौता हुनसक्ने अनुमान समाचारमा गरिएको छ । 

यसअघि सिटीले सान्चेजलाई भिœयाउने प्रयास गरेको थियो । गत समरमा ५५ मिलियन पाउण्डमा सिटी जाने लगभग तय भइसके पनि आर्सनलले उनको विकल्पमा थोमस मिलरलाई ल्याउन नसकेपछि उक्त सम्झौता खारेज गरेको थियो । 

साञ्चेज सन् २०१४ मा बार्सिलोनाबाट ३५ मिलियन पाउण्डमा आर्सनल भित्रिएका थिए । २०१४–१५ को पहिलो सिजनमा आर्सनलका लागि सर्वाधिक गोल (२५) गरेका गरेका साञ्चेजले दोस्रो सिजनमा १७ गोल गरेका थिए । सन् २०१६–१७ को तेस्रो सिजनमा पुनः ३० गोल गर्दै उनी क्लबका उच्च गोलकर्ता रहेका थिए ।