15th December | 2018 | Saturday | 9:41:20 PM

दिनेशले १९ वर्षअघिको कीर्तिमान तोडे

  POSTED ON : Saturday, 13 January, 2018 (12:52:27 PM)

दिनेशले १९ वर्षअघिको कीर्तिमान तोडे

हिमालय टाइम्स

पोखरा । नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्र्तगतको २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १ सय ५ केजी तौल समूहमा स्नाचतर्फको १९ बर्ष अघिको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा १ सय २१ केजीको नयाँ राष्ट्रिय किर्तिमान लेखाएका छन् । 

यसअघि मदन शिवभक्तिको नाममा १ सय २० केजीको कीर्तिमान कायम रहेको थियो । शिबभक्तिले आठौं साफ गेममा उक्त कीर्तिमान कायम गरेका थिए । स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए । 

पोखराको उद्योग वाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भारवहन गरे ।


Views: 52