16th December | 2018 | Sunday | 11:57:21 PM

एकदिवसीय सिरिजमा न्युजिल्याण्डद्वारा कब्जा

  POSTED ON : Sunday, 14 January, 2018 (4:25:05 PM)

 एकदिवसीय सिरिजमा न्युजिल्याण्डद्वारा कब्जा

एजेन्सी

डुनेदिन । न्युजिल्याण्डका बलरहरूले किफायती बलिङ गरेपछि पाकिस्तानविरुद्धको तेस्रो खेलमा जित हात पार्दै ५ खेलको एकदिवसीय सिरिजमा न्युजिल्याण्डले कब्जा जमाएको छ । डुनेदिनमा भएको तेस्रो एकदिवसीय खेलमा शनिबार पाकिस्तानमाथि १ सय ८३ रनको फराकिलो जितसहित न्युजिल्याण्डले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले कप्तान केन विलियम्सन र रोस टेलरको अर्धशतक मद्धतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । विलियम्सनले टोलीका लागि सर्वाधिक ७३ रन जोडे । यस्तै न्युजिल्याण्डका लागि टेलरले ५२, मार्टिन गप्टिलले ४५ तथा टम लाथमले ३५ रनको योगदान गरे ।

बलिङतर्फ पाकिस्तानका रुमन रइस र हसन अलीले ३–३ विकेट लिए भने सदाब खानले दुई तथा फहिम अस्रार्फले १ विकेट हात पारे । जवाफी ब्याटिङ थालेको पाकिस्तान न्युजिल्याण्डका बलरहरूसामु धेरैबेर टिकेन् । पाकिस्तानले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमात्रै बनाउन सक्यो । 

पाकिस्तानलाई सो स्कोरमा समेट्न ट्रन्ट बोल्टले ७.२ ओभरमा १ ओभर मेडन राख्दै १५ रन खर्चेर ५ विकेट लिए । यस्तै कोलिन मुनरो ७ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १० रनमात्र खर्चेर २ विकेट लिए ।

सुरुवाती ब्याट्सम्यानहरू धेरैबेर क्रिजमा टिक्न नसक्दा पाकिस्तानले १६ ओभर जोड्दा ६ विकेट गुमाइसकेको थियो । पाकिस्तानका लागि अन्तिम नम्बरका ब्याट्सम्यान रुमन रइसले सर्वाधिक १६ रन जोे भने कप्तान सर्पmराज अहमद १४ रनमा नटआउट रहे ।

विकेट लिएपछि खुशी मनाउँदै बोल्ट तस्वीर ः गेट्टी इमेज


Views: 49