25th May | 2018 | Friday | 9:29:53 PM

सन्दीपले लिए नामिवियाको नवौं विकेट

  POSTED ON : Thursday, 08 February, 2018 (4:02:45 PM)

सन्दीपले लिए नामिवियाको नवौं विकेट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक नामिवियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

 शुरुवात देखिनै नेपालको कसिलो बलिङको सामना गरेको नामिवियाले ३४ ओभरको खेल सकिँदा ९ विकेटको क्षतिमा १३६ रन बनाएको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले कसिलो बलिङ गरिरहेको छ  ।  उत्कृष्ट  बलिङ प्रदर्शन गरिरहेको नेपालले नामिवियाको नवौं  विकेट पतन गराएको छ । 

नेपालले नवौं विकेटको रुपमा नामिवियाका बर्नाड स्कोल्टलाई १  रनमा आउट भए । नवौं विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले ३ विकेट लिएका छन् ।