18th February | 2018 | Sunday | 5:11:49 AM

नामिविया १ सय ३८ रनमा समेटियो – सन्दीपको उत्कृष्ट बलिङ

  POSTED ON : Thursday, 08 February, 2018 (4:16:18 PM)

नामिविया १ सय ३८ रनमा समेटियो – सन्दीपको उत्कृष्ट बलिङ

हिमालय टाइम्स काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को पहिलो खेलमा आयोजक नामिवियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ । 

टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भया े।

विन्डहुकस्थित अफिस पार्कमा  नेपालले टस जितेर बलिङ रोजेपछि नामिवियाले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नामिविया नेपालको कसिलो बलिङसामु ३४ ओभर २ बलमा बलमा अलआउट हुँदै १३८ रनमा समेटियो ।

नामिबियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट  सोमपाल कामीले  ३ विकेट लिए ।

त्यस्तै सरद भेषावकर, कप्तान पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट लिएका छन् । केही बेरमा जवाफी ब्याटिङ नेपालले गर्दैछ ।