25th May | 2018 | Friday | 9:33:22 PM

प्रधानसेनापति खुला म्याराथन : सेनाका बस्नेत प्रथम

  POSTED ON : Saturday, 10 February, 2018 (5:34:16 PM)

प्रधानसेनापति खुला म्याराथन : सेनाका बस्नेत प्रथम

काठमाडौँ । प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन् । 

बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धा्रित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भए । 

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा आज आयोजित समापन समारोहमा बस्नेतलाई पल्सर मोटरसाइकल, रु एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे । 

उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की द्वितीय तथा नेपाली सेनाको रणसिंह गणका अमल्दार राजन खत्री तृतीय भए । पार्कीले उक्त दुरी दुई घण्टा २५ मिनेट २७ सेकेण्ड तथा खत्रीले दुई घण्टा २९ मिनेट १२ सेकेण्डमा पुरा गरे । उनिहरुलाई क्रमशः रु ५० र रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । 

उक्त दौड टँुडिखेलबाट शुरु भई भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, तीनकुने, कोटेश्वर, जगाती, कमलविनायक, ब्यासी, सानोथिमी, पेप्सीकोला, जडीबुटी, एयरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, जयनेपाल चित्र घर, राजदरबार हँुदै टँुडिखेलमा पुगेर समापन भएको थियो । रासस