25th May | 2018 | Friday | 9:31:37 PM

नेपाल र युएई आज प्रतिस्पर्धा गर्दै : नेपाल जित्नैपर्ने दबाबमा

  POSTED ON : Sunday, 11 February, 2018 (9:47:52 AM)

नेपाल र युएई आज प्रतिस्पर्धा गर्दै : नेपाल जित्नैपर्ने दबाबमा

हिमालय टाइम्स काठमाडौं ।  विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नामिबियामा चलिरहेको खेलमा नेपालले तेस्रो खेल संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ । शीर्ष २ मा पर्न आजको खेल जित्नैपर्ने दबाबमा छ ।

 खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे युनाइटेड क्रिकेट क्लब ग्राउन्ड, विन्डहोकमा हुनेछ । 

उद्घाटन खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल कमजोर मानिएको ओमनसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो ।

 यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसीपका दुई खेलमा युएईसँग हारेको नेपाल दबाबमा छ ।

शीर्ष दुईमा रहन सफल हुने टोली बढुवा भएर आइसीसी क्रिकेट वर्ल्डकप २०१८ को क्वालिफायरमा सहभागि हुन पाउनेछन् । 

लिग चरणका खेलबाट शीर्ष २ भित्र पर्न सफल भएमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागि हुन पाउनेछ।

डिभिजन–२ अन्तर्गत आजै नामिबिया र ओमान तथा केन्या र  क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ।