18th February | 2018 | Sunday | 5:10:43 AM

डिभिजन–२ : केन्या विरुद्धको खेलमा नेपाल बलिङ गर्दै

  POSTED ON : Monday, 12 February, 2018 (1:39:36 PM)

डिभिजन–२ : केन्या विरुद्धको खेलमा नेपाल बलिङ गर्दै

हिमालय टाइम्स काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । नामिबियाको वन्डरर्स मैदानमा अहिले केन्याले ब्याटिङ गरिरहेको छ । 

नेपालले आफ्नो चौथो खेल खेल्न लागेको हो। नेपालले यसअघि भएका तीन खेलमा दुईवटामा जीत र एउटामा हार ब्यहोरेको थियो । यसअघिक खेलमा नेपालले नामिबिया र युएईलाई पराजित गर्यो भने ओमानसँगको नेपाल पराजित भएको थियो ।

नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दुई म्याच भएका थिए । दुई म्याचमध्ये नेपालले एक जित र एउटा खेल हारेको थियो ।