25th April | 2018 | Wednesday | 3:25:15 AM

नेपालको सम्भावना जीवित

  POSTED ON : Tuesday, 13 February, 2018 (12:57:27 PM)

नेपालको सम्भावना जीवित

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत चौथो खेल सम्पन्न हुँदा तीन जित र एक पराजयका साथ अंक तालिकाको दोस्रो नम्बरमा रहन सफल नेपालले डिभिजन–१ मा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

अन्तिम खेलमा नेपालले अंक तालिकाको शीर्ष स्थानमा रहेको क्यानाडाको सामना गर्नेछ । क्यानाडा र नेपालको समान अंक रहे पनि नेट रन रेटको आधारमा क्यानाडा अंक तालिकाको शीर्ष स्थानमा रहेको हो । 

सोमबार केन्यालाई पराजित गरेसँगै नेपाल ६ अंकका साथ दोस्रो नम्बरमा कायम छ । अंक तालिकाको पहिलो नम्बरमा रहेको क्यानाडाको पनि तीन जित र एक पराजयसहित ६ अंक नै छ ।

शीर्ष दुई स्थानमा रहेका क्यानाडा र नेपालसँगै तेस्रो स्थानमा रहेको युएई, पाँचौं स्थानमा रहेको युएईले अब एक–एक खेल खेल्न बाँकी छ । चौथो स्थानमा रहेको नामिबिया र पुछारमा रहेको केन्याले दुई–दुई खेल खेल्न बाँकी छ ।

अन्तिम खेलमा पराजित भएको अवस्थामा समेत नेपाल अब डिभिजन–२ मा सुरक्षित रहने भएको छ । अन्तिम खेलमा जित हात पारेमा नेपाल डिभिजन– १ मा पुग्ने छ भने अर्को वर्ष जिम्बाबेमा हुने विश्वकप छनोटमा खेल्ने सम्भावना कायम राखेको छ । समूहको शीर्ष दुई टिमले विश्वकप छनोट खेल्न पाउनेछन् ।

आफू काठमाडौं फर्केपछि ओलीसँग गम्भीर वार्ता गर्ने र टुंगोमा पुग्ने बताएका थिए । दाहालको भनाइ एमालेप्रतिको असन्तुष्टिका रूपमा आएको हुनसक्ने शंका एमाले नेताहरूमा थियो । सोमबारको वार्तामा दाहालले आफ्नो भनाइ पार्टी एकतामै फड्को मार्ने सन्देशका लागि आएको भन्ने प्रस्टीकरण दिएको जनाइएको छ ।