22nd June | 2018 | Friday | 10:58:48 AM

पाँचथर गोल्ड कप हुने

बिजय बोध लावती   POSTED ON : Thursday, 08 March, 2018 (6:37:23 PM)

पाँचथर गोल्ड कप हुने

पाँचथर । फिदिममा चैत २५ देखि वैशाख २ गतेसम्म दोस्रो संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितामा मोफसलदेखि राष्ट्रिय टिमलाई सहभागी गराइने अयोजक पाँचथर क्लवले विहीबार पत्रकार सम्मेलन गरी जनाएको छ । 

प्रतियोगीतामा मिसन युनाइटेड ताप्लेजुङ, रेड हर्स इलाम,  विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ, सुनसरी–११, विजय युथ क्लव हेटौडा, जौलाखेल युथ क्लव काडमाण्डौ र आयोजक टिम खेल्ने भएका छन् । 

पाँचथर गोल्डकपको पहिलो पुरस्कार राशी ३ लाख ५ हजार ५ सय ५५ र द्वितिय पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ दिइने क्लव अध्यक्ष अनुराग केप्छाकी मगरले बताए । उत्त खेल आयोजना गर्न २७ लाख ६० हजार रुपंैयाँ लाग्ने आयोजकले बताएको छ ।