18th September | 2018 | Tuesday | 9:20:21 PM

तिलोत्तमा गोल्डकप फुटबल २० औ संस्करण सुरु

चन्द्रकान्त खनाल   POSTED ON : Friday, 09 March, 2018 (6:23:34 PM) Views: 0

तिलोत्तमा गोल्डकप फुटबल २० औ संस्करण सुरु

रुपन्देही ।  तिलोत्तमा गोल्डकप फुटबल २०औ संस्करणको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुवात गरेको छ । एन्फा टेक्निकल सेन्टर देबिनगरको मैदानमा भएको खेलमा आयोजकले सुदूर पश्चिम–११ लाई २–० गोल अन्तरले हराएको छ । रुपन्देहीले सातौं मिनेटमा नै निशान लिम्बुको गोलबाट अग्रता लिएको थियो ।

 दोस्रो हाफमा पनि उनले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेको थियो । शुक्रबार कास्की ११ र फ्रेन्डस् क्लब काठमाडौंबीच खेल हुने आयोजक संस्था  रुपन्देही फुलबल संघका अध्यक्ष  कुमार केसी ले वताए ।

प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ क्लब र त्रिभुवन आर्मीसहित १० टिमले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिए ।

विजेताले सात लाख ७७ हजार ७ सय ७७ नगदसहित गोल्ड मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले चार लाख ४४ हजार ४४४ नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिता चैत ३ गतेसम्म चल्ने छ । विहीबारबाट सुरु भएको तिलोत्तमा गोल्डकपको एमाले नेता छबिलाल बिश्वकर्माले उदघाटन गरेको थिए ।