18th October | 2018 | Thursday | 1:17:37 PM

रियल मड्रिडको जितमा रोनाल्डोको दुई गोल

  POSTED ON : Thursday, 05 April, 2018 (5:45:19 PM)

रियल मड्रिडको जितमा रोनाल्डोको दुई गोल

एजेन्सी

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल मड्रिडले युभेन्टसलाई पराजित गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई पराजित गर्न रियलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको तेस्रो मिनेटमै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले १–० को अग्रता लिएको थियो । ३५ औं मिनेटमा टोनी क्रुसले डी बक्स नजिकैबाट प्रहार गरेको प्रहार बारमा लागेपछि रियल पहिलो हाफमा २–० को अग्रता लिनबाट चुकेको थियो ।

दोस्रो हाफमा रियलले थप दुई गोल गर्दा युभेन्टस भने दश खेलाडीमा समेटिन पुगेको थियो । ६४ औं मिनेटमा रोनाल्डोले ओभरहेड किकमार्फत् आकर्षक गोल गरेपछि युभेन्टस २–० ले पछि परेको थियो । ६६ औं मिनेटमा पाउलो डिबाला दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि दबाबमा आएको घरेलु टोली खेलमा फर्कन सकेन ।

७२ औं मिनेटमा रोनाल्डोकै पासमा मार्सेलोले टिमका लागि तेस्रो गोल थपे । इन्जुरी समयमा रोनाल्डोले हृयाट्रिक गर्ने मौका गुमाएका थिए ।



Views: 7