18th October | 2018 | Thursday | 12:35:29 PM

महिला हृयाण्डबलमा नेपाल दोस्रो

  POSTED ON : Thursday, 05 April, 2018 (5:47:24 PM)

महिला हृयाण्डबलमा नेपाल दोस्रो

हिमालय टाइम्स

काठमाडौं । नेपाली महिला हृयाण्डबल टोलीले विदेशी भूमिमा हालसम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ । मित्र राष्ट्र भारतमा सञ्चालित पाँचौं महिला दक्षिण एसियाली हृयाण्डबल प्रतियोगितामा नेपालले उत्कृष्ट नतिजास्वरूप दोस्रो स्थान हात पारेको हो । यो जित अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोसमेत हो ।

भारतको लखनउमा २०१८ मार्च ३१ बाट अप्रिल ४ सम्म भएको प्रतियोगितामा नेपालले बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित ग¥यो भने फाइनलमा भारतसँग हार व्यहोरेको थियो । राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तानलाई २३–४ र भुटानलाई २८–४ गोल अन्तरले पराजित गरेको थियो । तर फाइनलमा भने नेपाल भारतसँग २४–५ गोल अन्तरले पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाएको थियो ।

नेपालका तर्फबाट उमा राई (टिम कप्तान), बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देव कुमारी बास्कोटा, संगिता चौधरी, दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका थिए भने प्रशिक्षकमा अरुणलाल कर्ण र रमेश सापकोटा थिए ।

यो जितले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदमा टिम गेममा पदकको सम्भावनालाई बलियो बनाएको नेपाल हृयाण्डबल संघका सचिव केशव पाठकले बताए । नेपाली टोली बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।


Views: 6