22nd July | 2018 | Sunday | 3:00:53 AM

राष्ट्रलाई एकताबद्ध गर्न खेल महत्वपूर्ण : दाहाल

  POSTED ON : Saturday, 07 April, 2018 (4:24:32 PM)

राष्ट्रलाई एकताबद्ध गर्न खेल महत्वपूर्ण : दाहाल

हिमालय टाइम्स

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रलाई एकताबद्ध गर्न खेल क्षेत्र महŒवपूर्ण भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय टेबलटेनिस दिवसको अवसरमा टेबलटेनिस एसोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले खेलकुदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताए । उनले एउटा सभ्य र अनुशासित समाज निर्माण, स्वस्थ समाज निर्माण र राष्ट्रलाई एकताबद्ध गर्नका निम्ति खेल क्षेत्र असाध्यै महŒवपूर्ण र संवेदनशील क्षेत्र भएको बताए । ‘स्वास्थ्य,राष्ट्र, समृद्धि र सभ्य समाजका लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु,’ उनले थपे । 

अध्यक्ष दाहालले आफू हाइस्कुलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबल टेनिस खेल्न थालेको उल्लेख गर्दै अहिले पनि टेबल टेनिस खेल्ने गरेको बताए । ‘मैले रामपुरमा बिएस्सी पढ्दै गर्दा टेबलटेनिस सिकेको हुँ, शान्ति सम्झौतापछि मैले नियमित टेबल टेनिस खेल्न थालेको १०–१२ वर्ष हुन लाग्यो,’ उनले भने, ‘मैले प्रधानमन्त्री हुँदा पनि टेबल टेनिस खेल्न छाडिनँ । बरू, बालुवाटारमा टेबल टेनिस खेल्ने एउटा घरै बनाएको छु ।’

आफू प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उनले भने, ‘मैले टेबल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएछ ¤ मैले टेबल टेनिस खेल्दा एसोसिएशनले पिस अवार्ड प्राप्त गरेको सुन्दा विशेष हर्ष र गर्व महसुस भएको छ ।’