21st September | 2018 | Friday | 12:14:18 PM

डिपिएल : खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

  POSTED ON : Sunday, 08 April, 2018 (3:09:28 PM)

डिपिएल : खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । 

बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिए । खेल स्थगनसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । काठमाडौँको नौ अंक भएको छ । काठमाडौँ लिगको पहिलो स्थानमा छ । महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ । 

शनिबार महेन्द्रनगर र सिवाइसी अत्तरियाबीचको खेलसमेत वर्षाका कारण रद्द भएको थियो । दुवैले एक एक अंक बाँडेका थिए । काठमाडौँ र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन् । 

अर्को खेल आज विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ । विजेता टोली प्ले अफमा पुग्नेछ । बिहानभन्दा अहिले मौसममा सुधार आएको छ । मैदान पानीले भिजेका कारण शनिबार चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल आठ ओभरमा सीमित गरिएको थियो । रासस


Views: 0