24th April | 2018 | Tuesday | 4:20:37 AM

रूपकलाई मिस्टर फिटनेस फस्ट उपाधि

  POSTED ON : Sunday, 08 April, 2018 (6:34:36 PM)

रूपकलाई मिस्टर फिटनेस फस्ट उपाधि

हिमालय टाइम्स

काठमाडौं । सतुंगल फिटनेस फस्टका रूपक लगुनले चौथो इन्ट्रा मिस्टर फिटनेस फस्ट च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् ।

फिटनेस फस्टद्वारा आयोजित प्रतियोगिताको अभलअलमा च्याम्पियन बनेका रूपकले ७० केजीमुनि पहिलो भएका सतुंगलकै अमर गमाल र ६० केजीमा पहिलो भएका थानकोटका किस्मान तामाङलाई फाइनल चरणमा पराजित गरे । रूपक ७० केजीमाथि पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । उनीहरूले प्रोटिन र मोबाइल पनि पाए ।

पुरुष फिजिक १ सय ६५ सेन्टिमिटर उचाइमुनि सतंगुलका राजेश तामाङ र १ सय ६५ सेन्टिमिटर उचाइमाथि थानकोटका गोकुल श्रेष्ठ पहिलो भए । दुवैले समान ५–५ हजार नगद पुरस्कार पाए । शारीरिक सुसंगठनतर्फ सतुंगलका सूर्य थापा उत्कृष्ट पोजर बन्दै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भए । एकदिने प्रतियोगितामा ३४ खेलाडी सहभागी थिए ।