24th April | 2018 | Tuesday | 4:21:33 AM

सन्दीप आजको खेलमा परेनन्

  POSTED ON : Sunday, 08 April, 2018 (7:01:07 PM)

सन्दीप आजको खेलमा परेनन्

हिमालय टाइम्स काठमाडौं । नेपाली क्रिकेटप्रेमीबीच चासो र चर्चामा रहेका नेपाली खेलाडी सन्दीप लामिछाने आजको इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्न पाएनन् । 

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेर डेभिल्स टिममा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्द भएसँग नेपाली दर्शकले यस बर्षको आइपीएललाई बढी चासोको रुपमा लिएका थिए । तर, दिल्ली डेर डेभिल्सले अहिले पहिलो म्याच खेलिरहँदा नेपाली खेलाडी सन्दीप खेलाडीको सूचीमा परेनन् ।

अहिले भर्खरै सुरु भएको खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जावको सामना गर्दैछ । टस जितेर पञ्जावले दिल्लीलाई ब्याटिङको निम्तो दिएको छ ।

 दिल्लीको टिममा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् ।