काठमाडौं । दिल्ली डेयरडेभिल्स्विरुद्धको खेलमा किंग्स एलभेन पञ्जाबका खेलाडी लोकेस राहुलले नयाँ रेकर्ड बनाएका छन् ।
आईपिएसमा सबैभन्दा छिटो अर्धसतकको रेकर्ड उनले आफ्नो नाममा लेखाएका छन्।
आइतबारको खेलमा राहुलले १४ बलमा अर्धशतक बनाएका हुन्। ६ चौका र ४ छक्का हानेर १४ बलमा उनले ५१ रन बनाए।
यसअघि सुनिल नरिन र युसुफ पठानले १५ बलमा अर्धसतक बनाएका थिए । उक्त रेकर्ड राहुलले तोडेका छन् । ५१ रन बनाएका राहुललाई ४.५ ओभरमा ट्रेन्ट बोल्टले आउट गरेका थिए ।