23rd July | 2018 | Monday | 11:15:24 PM

डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

  POSTED ON : Tuesday, 10 April, 2018 (2:32:59 PM)

डिपिएल : काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य


धनगढी । धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । 

प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धा्रित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । 

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए । 

बलिङतर्फ धनगढीका लागि सोमपाल कामी र ललितसिंह भण्डारीले दुई÷दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए ।

अहिले धनगढीले जवाफी ब्याटिङ गरिरहेको छ । धनगढीले १३ ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको छ । रोहन मुस्तफा ३३ र सुनिल धमला १३ रन बनाएर आउट भएका छन् । रासस