18th October | 2018 | Thursday | 12:22:23 PM

सिटी प्रिमियर लिग च्याम्पियन

एजेन्सी   POSTED ON : Tuesday, 17 April, 2018 (2:02:18 PM)

सिटी प्रिमियर लिग च्याम्पियन

लण्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको जारी सिजनको उपाधि जितेको छ । शनिबार म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिगको पुछारमा रहेको बेस्ट ब्रुमसँग १–० ले पराजित भएपछि सिटीको उपाधि पक्का भएको हो ।

बेस्ट ब्रुमका जे रोड्रिग्वेजले खेलको ७३ औँ मिनेटमा गरेको हेडर गोल निर्णायक बनेको थियो । यसअघि शनिबार टोटेनहमलाई ३–१ ले पराजित गरेपछि सिटीलाई उपाधिका लागि अन्तिम तीन अंक अथवा म्यानचेस्टरको हार आवश्यक थियो । आइतबार नतिजा सिटी अनुकुल आएपछि सिटीले दोस्रो स्थानको युनाइटेडलाई १६ अंकले पछि पार्दै उपाधि हात पारेको हो । 

पाँच खेलअगावै सिटीले उपाधि हात पारेको हो । ३३ खेल खेलेको सिटीले २८ खेलमा जित हात पार्दै ८७ अंकका साथ उपाधि रक्षा गरेको हो । यसक्रममा सिटीले १ खेलमा मात्र पराजित हुनु परेको थियो । दोस्रोमा अवस्थित युनाइटेडले भने त्यतिनै खेलमा २२ मा जित र ६ खेलमा हार व्यो¥यो । उसको लिगमा ७१ अंक छ । यस सिजनमा सिटीले ९३ गोल ग¥यो भने २५ गोल व्यहो¥यो ।

सिटीको यो तेस्रो प्रिमियर लिगको उपाधि हो । तेस्रोपटक उपाधि जितेसँगै सिटीले आर्सनलसँग उपाधि बराबरी गरेको छ । उनीहरू अघि म्यानचेस्टर युनाइटेडले १४ पटक र चेल्सीले ५ पटक प्रिमियर लिगको उपाधि जितेका छन् । 

जितपछि प्रतिक्रिया दिँदै म्यानचेस्टर सिटीका कप्तान भेन्सेन्ट कोम्पनीले आफूहरूले सिजनभरीनै राम्रो प्रदर्शन गरेकाले उपाधि हात लागेको बताएका छन् । ‘यस सिजनमा हामीले उच्चस्तरीय प्रदर्शन गर्याै,’ उनले जितपछि प्रतिक्रिया दिँदै भने, ‘यही रफ्तार हामीले कायम राखे, आगामी सिजनको उपाधि पनि जित्न सक्छौँ ।’ 

२००८ यता सिटीले जितेको यो ७ औं ठूला ट्रफीहरूमध्येको एक हो । जसमा एउटा एफए कप, दुईवटा लिग कप तथा एउटा एफ ए कम्युनिटी शील्ड पनि सामेल छन् । यस सिजनको उपाधिका क्रममा सिटीले लगातार १८ खेलमा अपराजित रहने कीर्तिमान कायम ग¥यो । यसै सिजनमा सिटीले काराबाओ कपको उपाधि पनि जितिसकेको छ ।

Views: 3