27th May | 2018 | Sunday | 6:26:30 AM

सलाह प्लेअर अफ दि सिजन

एजेन्सी   POSTED ON : Monday, 14 May, 2018 (1:47:28 PM)

सलाह प्लेअर अफ दि सिजन

लण्डन । लिभरपुलका फरवार्ड मोहम्मद सलाहले यस सिजनको प्रिमियर लिग प्लेअर अफ द सिजनको अवार्ड जितेका छन् । २५ वर्षीया इजिप्टका खेलाडी सलाहले यस सिजनको ३७ खेलमा ३१ गोल गर्दैै यो अवार्ड हात पारेका हुन् । यसै सिजनमा उनी रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुलसँग आबद्ध भएका थिए । 

उनले यस सिजनमा अलान शेयररले यसअघि एउटा सिजनको ३८ खेलमा ३१ गोल गरेर बनाएको कीर्तिमान पनि तोडेका थिए । यसअघि सलाहले पिएफए प्लेअर अफ द इअर र फुटबल राइटर्स् एसोसियसन अवार्ड पनि जितिसकेका छन् । २०१४ देखि २०१६ सम्म सलाहले चेल्सीमा बिताएका थिए । त्यहाँ ५० खेल खेल्दै उनले ४३ गोलमात्रै गर्न सकेका थिए । अवार्ड पाउँदा आफू निकै खुशी भएको र गर्व महसुस गरिरहेको उनले बताएका छन् ।