19th October | 2018 | Friday | 11:34:40 AM

स्पोर्टर्स अवार्ड : चार विधाका खेलाडी मनोनयन– सन्दीप तीन विद्यामा मनोनयन

  POSTED ON : Monday, 14 May, 2018 (6:27:21 PM)

स्पोर्टर्स अवार्ड : चार विधाका खेलाडी मनोनयन– सन्दीप तीन विद्यामा मनोनयन

काठमाडौँ । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ । 

मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की मनोनयनमा परेका छन् । 

त्यसैगरी वर्षको उत्कृष्ट महिलातर्फ खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ परेका छन् । 

युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश सेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयमा परेका छन् । 

वर्षको उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थपामगर मनोनयनमा परेका छन् । 

उत्कृष्ट पुरुष, महिला र प्रशिक्षकका उपाधि विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने युवातर्फको विजेताले रु ५० हजार प्राप्त गर्नेछन् । 

आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चिनाउन मद्धत गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीलगायत विभिन्न आठ विधामा उत्कृष्ट घोषित हुनेलाई आगामी जेठ ३ गते अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । 

रासस


Views: 8