27th May | 2018 | Sunday | 6:27:43 AM

नेपाली म्याराडोनाका रुपमा चर्चित फुटबल खेलाडी मणि शाहको निधन

हिमालय टाइम्स   POSTED ON : Monday, 14 May, 2018 (9:03:27 PM)

नेपाली म्याराडोनाका रुपमा चर्चित फुटबल खेलाडी मणि शाहको निधन

काठमाडौँ । नेपाली म्याराडोनाको रुपमा चर्चित फुटबल खेलाडी तथा पूर्व कप्तान मणि शाहको सोमबार साँझ निधन भएको छ । 

नर्भिक अस्पतालमा उपचारको क्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । 

शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ ५ः४२ बजे चिकित्सकले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले बताए।

केही वर्षयता कलेजोको समस्याले ग्रस्त शाहलाई गत शनिबार ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । लगत्तै स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार भएको थियो । कलेजो कमजोर भएकै कारण उनको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

जतिबेला अर्जे्न्टिनाका महान् फुटबलर डिएगो म्याराडोना चर्चामा थिए, त्यही बेला उनको जस्तै शैली भएका कारण शाहलाई ’नेपाली म्याराडोना’ भन्ने गरिन्छ।

पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राख्ने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ ।