27th May | 2018 | Sunday | 6:24:15 AM

स्पिनर सन्दीप लामिछाने ‘विश्व ११’ बाट लर्डसमा खेल्ने

  POSTED ON : Wednesday, 16 May, 2018 (7:17:09 PM)

स्पिनर सन्दीप लामिछाने ‘विश्व ११’ बाट लर्डसमा खेल्ने

हिमालय टाइम्स काठमाडौँ  । नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । 

आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।

यो खेल नखेल्ने भन्दै बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । सन्दीपका लागि यो ऐतिहासिक खेल हुनेछ ।

 विश्व ११ मा पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीसँगै शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा पनि खेल्नेछन्।