21st August | 2018 | Tuesday | 3:25:40 PM

लालबन्दी गोल्डकप : जाउलाखेल युथ क्लबलाई हराउँदै झापा–११ विजयी

दुर्गाप्रसाद चौंलागाई   POSTED ON : Sunday, 10 June, 2018 (9:23:44 AM)

लालबन्दी गोल्डकप : जाउलाखेल युथ क्लबलाई हराउँदै झापा–११ विजयी

सर्लाही । लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिवार तेस्रो दिन भएको पहिलो क्वाटर फाइनल  खेलमा रमपम झापा–११ विजयी भएको छ । निर्धारित समय भित्र “ ए“ डिभिजनको जाउलाखेल युथ क्लब ,ललितपुर लाई २–१ गोलअन्तरले पराजित गर्दै झापा–११ विजयी भएको हो ।

राधाकृष्ण स्थित खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलमा खेल सुरु भएको २ मिनेटमै जाउलाखेल युथ क्लबका तर्फबाट तिर्थ बस्नेतले पहिलो गोल गर्दै आफ्नो टिमलाई  अग्रता दिलाएका थिए । तर, खेलको ३४ औं मिनेटमा रमपम झापाको तर्फबाट पुष्प मादेनको गोलसँगै झापाले खेललाई १–१ गोलको बराबरी गराउन सफल भयो ।

खेलको दोश्रो हाफको ३४ औं मिनेटमा रमपम झापाको तर्फबाट पुजन उपरकोटिले ७६औं मिनेटमा  गोलगरि आफ्नो टिमलाइ २–१ गोल अन्तरले अघि बढाए ।

दुबै टिमले प्राप्त गरेक थुप्रै अवसर गोलमा परिणत हुन नसक्दा अन्तमा खेल रमपम झापाले २–१ गोल अन्तरले  जित हात पार्न सफल भयो ।

आजको खेलको म्यान अफ्द म्याच खेल अबधिभर उच्च प्रदर्शन गरेका रमपम झापा–११का क्याप्टेन देबेन्द्र तामाङलाई अखिल नेपाल फुटबल संघ, सर्लाहीका अध्यक्ष ठाकुर बहादुर सुश्लिङले नगद पाँच हजार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत  आइतबार बिभागिय टिम एपीएफ र बिजय  युथ क्लब, हेटौंडाबीच दोश्रो क्वाटर फाइनल खेल हुने आयोजक समितिका राजकुमार न्यौपानेले जानकारी दिए ।