19th October | 2018 | Friday | 8:39:31 PM

लालबन्दी गोल्डकप : हेटौडालाई पराजित गर्दै एपीएफ सेमिफाइनल प्रवेश

दुर्गाप्रसाद चौंलागाई   POSTED ON : Sunday, 10 June, 2018 (9:43:54 PM)

लालबन्दी गोल्डकप : हेटौडालाई पराजित गर्दै एपीएफ सेमिफाइनल प्रवेश

सर्लाही । लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको दोस्रो क्वाटरफाइनल  खेलमा बिभागिय टिम एपीएफ युथ क्लब , हेटौंडालाइ २–० गोलअन्तरले पराजित गर्दै  सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

राधाकृष्ण स्थित खेल मैदानमा खेल सुरु भएको १० मिनेटमै एपीएको तर्फबाट रुप बहादुर लामाले डि बक्स बाहिर प्राप्त गरेको बललाई गोल गर्दै आफ्नो टिमलाई  अग्रता दिलाएका थिए । 

लगत्तै बिजय युथका अमिर श्रेष्ठले पाएका वान भर्सेज वानका दुईवटा मौका गोलमा परिणत गर्न सकेनन् ।

यस्तै खेलको दोश्रो हाफको १२ औं मिनेटमा एपीएको तर्फबाट प्रबिण स्याङ्तानले आफ्नो टिमको लागी थप १ गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।

बिजय युथ क्लब, हेटौंडाले प्राप्त गरेक थुप्रै अवसर खेर फाल्दा अन्त्यमा खेल एपीएफले २–० गोल अन्तरले  जित्न सफल भयो ।

आजको खेलको म्यान अफद म्याच एपीएफका प्रबिण स्याङ्तानलाई आयोजकका नन्दु खुराणाले बिजु नगद पाँचहजार प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सोमबार बिभागिय टिम नेपाल पुलिस क्लब, काठमाडौं र गोर्खा ब्वाइज , रुपन्देही बिच तेस्रो  क्वाटर फाइनल खेल हुने आयोजक समितिका साकार शर्माले जानकारी दिए ।



Views: 5