25th June | 2018 | Monday | 9:39:43 PM

विश्वकप फुटबल २०१८ बारे महेश थापाको व्यङ्य

  POSTED ON : Monday, 11 June, 2018 (11:30:41 AM)

विश्वकप फुटबल २०१८ बारे महेश थापाको व्यङ्य

हिमालय टाइम्स काठमाडौं ।     फुटबलको विश्वकप २०१८ को महासंग्राम  रुसमा १४ जुन (जेठ ३१) गतेबाट सुरु हुँदैछ । 

नेपालमा पनि विश्वकप हेर्ने मात्र होइन टिम (देश) को समर्थनमा जित्ने अड्कल बाजी लगाउँदै समर्थन सुरु भएको छ । समर्थन गरिएको देशको टिसर्ट (जर्सी) लगाएर हिड्न युवा देखि बालक सम्मले थालेका छन् ।

 अर्जेन्टिना र ब्राजिलका समर्थक नेपालमा धेरै रहेका छन् । त्यसैगरि पोर्चुगल , स्पेन, जर्मनी र इङल्याण्डका पनि समर्थकको कमी छैन नेपालमा ।

यस पटकको विश्वकप फुटबलको २१ औं विश्वकप हो ।  पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीचमा भएको थियो । यस पटक विश्वकपमा कुल ३२ टीम छन् र २०२६ मा कुल ४८ टीमले विश्वकपमा भाग लिने छन् ।


विश्वकप फूटबलबारे जनमानसमा व्याप्त केही जिज्ञासा र श्री श्री १००८ नोष्ट्रडेमसाचार्य महेशासुर स्वामी महाराजको जवाफ – भन्दै महेश थापाले व्यङ्य प्रस्तुत गरेका छन् ।

१) यसपालि पनि जर्मनीले नै विश्वकप जित्छ ?