19th October | 2018 | Friday | 9:17:50 PM

लालबन्दी गोल्डकप : ट्राईबेकरमा थ्रीस्टार विजयी

दुर्गाप्रसाद चौंलागाई   POSTED ON : Tuesday, 12 June, 2018 (10:12:42 PM)

लालबन्दी गोल्डकप : ट्राईबेकरमा थ्रीस्टार विजयी

सर्लाही । लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी भएकाो छ ।  

मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब रुस्लान  थ्रीस्टार, ललितपुरले कास्की–११ पोखरालाई ट्राईबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै  सेमिफाइनलमा प्रवेश गरेको हो  ।

राधाकृष्ण स्थित खेल मैदानमा खेल सुरु भएको ६ मिनेटमै कास्कीका खेलाडीले मैदानको डि बक्स बाहिरबाट गोल पोस्टमा सिधै प्रहार गरेको बल  थ्रीस्टारका गोलकिपर पुर्न चेम्जोङले नियन्त्रणमा लिएर फुत्काएपछी कास्कीका शान्ता गुरुङले सजिलै हेड गोल गर्दै आफ्नो टिमलाइ  १–० गोलको अग्रता दिलाउन सफल भए ।

पहिलो गोल गर्दै हौसिएको कास्कीले लगत्तै १६ मिनेटमा पोखराका क्याप्टेन उत्तम गुरुङ्ले डि बक्स  बाहिरबाट कडा प्रहार गरेको बलले जाली चुम्दा कास्कीले खेलमा २–० गोल को अग्रता बनाउन सफल भयो।

खेलमा २ गोलले पछि परेपछी थ्रीस्टारका रन्जन बिष्ट र अज मारटिनले प्रहार गरेको बल पोलमा लागेर फर्किदा थ्रीस्टारले गोल फर्काउने मौका गुमाएको थियो ।

लगत्तै  कास्कीका उत्तम गुरुङको प्रहार पनि थ्रीस्टारका किपरले मुस्किलले जोगाएका थिए ।

पहिलो हाफमा २ गोलले पछि परेको थ्रीस्टारले दोश्रो हाफ सुरु भएको २  मिनेटमै बुद्ध चेम्जोङको पासमा  मारटिनले पहिलो गोल गर्दै खेललाई २–१ गोल अन्तरमा झार्न सफल भए । पहिलो गोल गरे लगत्तै दोश्रो हाफको ४ मिनेटमै थ्रीस्टारका तर्फबाट बुद्ध चेम्जोङले गोल पोस्ट नजिकैबाट प्रहार गरेको बल कास्कीका किपरले नियन्त्रणमा लिन नसक्दा थप एक गोल थप्दै खेललाई २–२ गोलको बराबरी भयो ।

दोस्रो हाफमा २ गोल फर्काएर हैसिएको थ्रीस्टारले खेललाई आफ्नो नियन्त्रणमा राख्दै पाएको केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन भने कास्कीले पनि पाएको केहि राम्रा अवसर गोलमा परिणत गर्न सकेन । 

खेलको निर्धा्रित समयभित्र थप अन्य गोल हुन सकेन । निधारित ९० मिनेट खेलाइएको खेल  २–२ गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा गएको थियो। जस्मा थ्रीस्टारका तर्फबाट ४ वटा प्रहार गोलमा परिणत हुदा कास्कीको तर्फबाट पहिलो प्रहार मात्र गोलमा परिणत भएको थियो भने दोश्रो प्रहारलाइ थ्रीस्टारका गोलकिपरले रोकेका थिए यस्तै तेस्रो प्रहार बाहिरिएको थियो। यो संगै कास्की ट्राईबेकरमा ५(४ गोल अन्तर्रले हार ब्यहोर्न बाध्य भएको थियो।

यो खेलसंगै लालबन्दी गोल्डकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

सेमिफाइनलमा बिभागिय टिम एपीएफ मोफसलको क्लब रमपम झापा–११, बिभागिय टिम नेपाल पुलिस क्लब र रुस्लान थ्रीस्टार,ललितपुरले प्रतिस्पर्धा गर्नेछन् ।

आजको खेलको म्यान अफ्द म्याच थ्रीस्टार  क्लबका जर्सी नम्बर १४ का मिक्चन तामाङलाई आयोजकका प्रेम कुमार अधिकारीले नगद पाँचहजार प्रदान गरेका थिए।

प्रतियोगिता अन्तर्गत बुधबार बिभागिय टिम नेपाल पुलिस क्लब र मोफसलको चर्चित क्लब रमपम झापा–११ बिच पहिलो सेमिफाइनल खेल हुने आयोजकका सरोजबाबु न्यौपानेले जानकारी दिए ।


Views: 9