22nd September | 2018 | Saturday | 7:46:28 PM

लालबन्दी गोल्डकप : एपीएफ थ्रीस्टारलाई हराउँदै फाइनल प्रवेश

दुर्गाप्रसाद चौलागाई   POSTED ON : Thursday, 14 June, 2018 (10:08:54 PM)

लालबन्दी गोल्डकप : एपीएफ थ्रीस्टारलाई हराउँदै फाइनल प्रवेश


सर्लाही । लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफानल जित्दै एपीएफ फाइनल प्रवेश गरेको छ ।


 आज भएको अन्तिम सेमिफाइनल खेलमा बिभागिय टिम एपीएफले ए डिभिजन क्लब रुस्लान थ्रीस्टारलाइ ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुलिस क्लबसंगको भेट पक्का गरेको छ ।


राधाकृष्ण स्थित खेल मैदानमा खेल सुरु भएको ९ मिनेटमै एपीएफका तर्फबाटरुप बहादुर लामाले कर्नरबाट आएको बललाई  गोलपोस्ट नजिकबाट हेडगोल गरि आफ्नो टिमलाइ  १–० गोलको अग्रता दिलाउन सफल भए।


लगत्तै पुनः एपीएफकै तर्फबाट  खेलको १४ मिनेटमा नबिन लामाले डि बक्स  भित्र प्राप्त गरेको बललाई सिधै गोल पोस्टको दिशा देखाउदै खेलमा थप अर्को गोल गरि आफ्नो टिमलाइ २–० गोलको अग्रता दिलाउन सफल भए।


२ गोलले पछि परेको थ्रीस्टारले खेलको २३ मिनेटमा रन्जन बिष्टले कर्नरतिर बाट क्रस गरेको बललाई अन्मार्क रहेका जर्सी नम्बर ४५ काअजयी मारटिनले वानटच प्रहार गर्दै उत्कृष्ट गोल गरि खेललाई २–१ गोलअन्तरमा पुर्याउन सफल भए ।


एपीएफका तर्फबाट युवराज खड्काले  गोलकिपरलाइ समेत बिट गरि प्रहार गरेको बललाई गोललाइन नजिकबाट थ्रीस्टारका खेलाडीले क्लियर गरिदिदा थप गोल हुनबाट बचेको थियो ।


यस्तै खेलको अन्त्यतिर थ्रीस्टारका बुद्ध चेम्जोङले डि बक्स बाहिरबाट गरेको कडा प्रहारलाई एपीएफका खेलाडीले गोल लाइनबाट बचाउदा थ्रीस्टारले पनि बराबरी गोल गर्ने अवसर गुमाएको थियो।


बारम्बार गोल फर्काउने प्रयास गरेको थ्रीस्टारले पहिलो हाफमा थप गरिएको ३ मिनेट समयको पहिलो मिनेटमै


 थ्रीस्टारका अजयी मारटिनले डि बक्स बाहिरबाट एक्लै बलअघिलगि एपीएफका गोलकिपरलाइ समेत छक्याउदै गोल गरि आफ्नो टिमलाइ २(२ गोलको बराबरी गराउन सफल भए ।


दोश्रो हाफपछिको पहिलो मिनेटमै एपीएफका तर्फबाट जर्सी नम्बर १० का युवराज खड्काले थप अर्को गोलगरि आफ्नो टिमलाइ ३–२ गोलको स्थितिमा पुर्याए।


यस्तै एपीएफका जर्सी नम्बर ९ का प्रबिन स्याङ्तानले खेलको ७६ औं मिनेटमा पुनः थप अर्को गोल गर्दै आफ्नो टिमलाइ ४–२ गोलको बलियो स्थितिमा पुर्याउन सफल भए।


यस्तै थ्रीस्टारका तर्फबाट जर्सी नम्बर १७ का बुद्द चेम्जोङले खेलको ८२ मिनेटमा डि बक्स बाहिरबाट कडा प्रहार गरि उत्कृष्ट गोल गर्दै खेललाई ४–३ गोल अन्तरमा पुर्याउन सफल भए।


खेलमा थप गरिएको ४ मिनेटभित्र  दुबै तर्फका टिमले पाएको केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेनन् । खेलको निर्धा्िरत समयभित्र थप अन्य गोल हुन नसकेपछी एपीएफ क्लबले खेल ४–३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो।


यो जितसंगै एपीएफ क्लब २ नम्बर प्रदेशकै सर्बा्िधक पुरस्कार राशी रहेको अन्तर्रा्िष्ट्रय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


आजको खेलको म्यान अफद म्याच एपीएफ क्लबका जर्सी नम्बर ११ का नबिन लामाले  नगद पाँचहजार प्रदान प्राप्त गरेका थिए।


प्रतियोगिता अन्तर्गत भोली शुक्रबार कुनैपनी खेल हुनेछैन । शनिवार नेपालका दुई चिरपरिचित  बिभागिय टिम नेपाल पुलिस क्लब र एपीएफकाबिच फाइनल खेल हुने जिल्ला फुटबलसंघ सर्लाहीका महासचिव उज्ज्वल कार्कीले जानकारी दिए ।


Views: 2