23rd July | 2018 | Monday | 6:08:23 AM

बेल्जियमको रसिया विश्वकपको उपाधि उचाल्ने दावी

  POSTED ON : Sunday, 08 July, 2018 (1:04:03 PM)

बेल्जियमको रसिया विश्वकपको उपाधि उचाल्ने दावी

एजेन्सी । रसियामा जारी विश्वकपमा ब्राजिललाई २–१ ले स्तब्ध बनाउदै बेल्जियमले विश्वकप सेमिफाइनल पक्का गरेको  । यसैसँग बेल्जियमले यसपटकको विश्वकप उपाधि उचाल्ने धेरैले अनुमान गर्न थालेका छन् । काउन्टर एट्राक्क उसले आफ्नो बेग्लै पहिचान बनाएको छ ।

पाँच पटक सम्मको विश्व विजेत ब्राजिललाई शुक्रबार  २–१को अन्तरले पछिपार्दै सेमिफाइनल प्रवेश गरेको बेल्जियमले विश्वकप उचाल्ने अनुमान गर्न थालिएको छ ।

प्रतियोगितामा आउदै गर्दा उनीहरुको मानसिक अवस्थाका बिषयमा धेरै प्रश्नहरु उठेका थिए । कारण दुई बर्ष अघि युरो कपमा उनीहरु खराब प्रर्दशन गर्दै बाहिरिएका थिए ।

अहिले स्वर्णीम पुस्ताका खेलाडीले आलोचनाको जवाफ आफ्नो प्रर्दशनबाट दिईरहेका छन् । उनीहरुले अहिले विश्वभरका दर्शकको मन तानिरहेका छन् । 

ब्राजिलसँगको खेलमा मात्र होइन यस अघिका सबै खेलमा रोबर्टो मार्टिन्जको रेड डेभिल्सले उत्कृष्ट प्रर्दशन गरेका छन् । त्यसैगरी रोमेरो लुकाकुको खेल झनै उत्कृट रहेको छ ।

नकआउट चरणको पहिलो खेलमा बेल्जियमले जापानलाई ३–२ ले हराएको थियो । त्यसमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउदै बेल्जियमले जित निकालेको थियो । 

केही बर्ष यता सबैलाई थाहा छ, बेल्जियमसंग उत्कृष्ट खेलाडी छन्, तर प्रश्न उनीहरु मानसिक रुपमा कत्तिको तयार छन् भन्ने थियो ।

ब्राजिलसंगको खेलको दिन फुटबल पण्डित रियो फर्डिनान्डले बेल्जियमले रुसमा आफ्नो पहिलो ठूलो मुख्य उपाधि जित्न सक्ने दावी गरेका छन् ।

रेड डेभिल्सले चिनिने बेल्जियम, विश्वकपमा एसियाली र दक्षिण अमेरिकी चुनौती समाप्त पार्ने एक्लो राष्ट्र बनेको छ । क्वार्टरफाईनल सम्म पुग्न सफल दक्षिण अमेरिकी टोली उरुग्वे, फ्रान्ससंग र ब्राजिल, बेल्जियमसंग पराजित भएका छन् ।

बेल्जियमले अब सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ । अब ब्राजिलसँगको खेलमा भन्दा पनि टोलीले बढी चुनौतिको सामना गर्नुपर्ने हुन सक्दछ । प्रिक्वार्टरमा फाइनलमा मुस्किलले ३–२ ले हराउँदै बेल्जियमले ब्राजिलसँगको भेट पक्का गरेको थियो ।

१० जुलाईमा २३ः४५ बजे फ्रान्स र बेल्जियम विच सेमिफाइनल हुँदैछ ।