काठमाडौं । नेपाल र नेदरल्याण्डबीच एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट हुने भएको छ ।
उक्त खेल एकदिवसिय क्रिकेट अन्तर्गत नेपालको डेब्यु खेल हो । खेल आगामी अगस्टमा नेदरल्याण्डमै हुने भएको छ ।
क्रिकेट वेबसाइट क्रिकइन्फोले जनाए अनुसार नेपालले अगस्ट १ र ३ मा घरेलु टोलीविरुद्ध दुई एकदिवसीय खेल खेल्नेछ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिसद (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले पहिलो खेल खेल्न लागेको हो ।
नेपालले गत मार्चमा सम्पन्न विश्वकप छनोटमा आठौं स्थान हात पार्दै आइसीसीबाट एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।
आइसीसीले नेपाललाई गत जुन १ बाट औपचारिक रुपमा एकदिवसीय राष्ट्रको मान्यता दिएको हो ।
एकदिवसीय क्रिकेटमा डेब्यु गर्नुअघि नेपालले लर्ड्समा टी–ट्वान्टी त्रिकोणात्मक सिरिज खेल्दै छ । जुलाई २९ मा हुने सिरिजमा नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब बीच खेल हुनेछ ।
अगस्टमा हुने खेल नेपालका लागि डेब्यु खेल हो भने नेदरल्याण्डले भने यसअघि नै डेब्यु खेल खेलिसकेको छ ।
Views: 23