17th July | 2018 | Tuesday | 1:42:36 PM

इंग्ल्याण्डलाई फिफाले तिराउने भयो ५० हजार पाउण्ड जरिवाना

  POSTED ON : Thursday, 12 July, 2018 (10:28:59 PM)

इंग्ल्याण्डलाई फिफाले तिराउने भयो ५० हजार पाउण्ड जरिवाना

एजेन्सी

मस्को । अनाधिकृत रुपमा प्रयोजित सामाग्रीको प्रयोग गरेको भन्दै फिफाले इंग्ल्याण्ड ५० हजार पाउण्ड जरिवाना तिराएको छ । इंग्ल्याण्डका तीन खेलाडीले अनाधिकृत मोजाहरु लगाउँदै स्वीडेनविरुद्धको क्वार्टरफाइनल खेल खेलेको पाइएपछि त्यो मार्केटिङ नीति विपरित भएको भन्दै फिफाले जरिवाना तिराउने निर्णय गरेको हो ।

इंग्ल्याण्डका डेले अलि, इरिक डिइर र रहिम स्टर्लिङले आधिकारिक नाइक कम्पनीको मोजामाथि अनाधिकृत कम्पनीको ब्याण्ड बाधेका थिए । फिफाले आधिकारिक प्रयोजन गरेको कम्पनीलाई हानी पुर्याउन उक्त कार्य नगर्न भनेपनि उनीहरुले नमानेपछि उक्त जरिवाना तिराइएको हो ।

क्रोएशियाविरुद्धको सेमिफाइनल अघि बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै फिफाले मिडिया र मार्केटिङ सामाग्री प्रयोग गर्ने सम्बन्धि निर्देशन विपरित कार्य गरिएको पाइएपछि जरिवाना तिराइएको उल्लेख गरिएको छ । इंग्ल्याण्डलाई पूर्व सचेत गराइएपनि उनीहरुले नमानेपछि कारवाही अघि बढाईएको फिफाले जनाएको छ ।

यसअघि पनि फिफाले स्वीडेनका आन्द्रेस ग्रिनक्विभिस्टलाई यस्तै अनाधिकृत सामाग्रीको प्रयोग गरेको भन्दै जरिवाना तिराइसकेको थियो । यस्तैं फिफाले उरुग्वेलाई स्टेडियममा निर्धारित समय भन्दा ढिलो आएको र अनाधिकृत सामाग्रीको प्रयोग गरेको भन्दै ४० हजार पाउण्ड जरिवाना तिराउने भएको छ ।

 फिफाको नीति अनुसार आफूहरुलाई प्रयोजन गर्ने बाहेकका कम्पनीका कुनैपनि किसिमका प्रयोजित गतिबिधिहरु खेलअघि या खेलका दौरान खेलाडीहरुलाई प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।