22nd August | 2018 | Wednesday | 1:32:55 AM

नेपालद्धारा नेदरल्यान्ड्सलाई २ सय १७ रनको लक्ष्य प्रस्तुत - सोमपालको नयाँ रेकर्ड

  POSTED ON : Friday, 03 August, 2018 (9:45:58 PM)

नेपालद्धारा नेदरल्यान्ड्सलाई २ सय १७ रनको लक्ष्य प्रस्तुत - सोमपालको नयाँ रेकर्ड

हिमालय टाइम्स  । एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सलाई नेपालले २ सय १७ रनको लक्ष्य दिएको छ । नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएको हो ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

 सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ  । 

आजको खेलमा कप्तान पारस खड्का र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनीहरु दुबैल अर्धशतक पूरा गरे । नेपालका लागि नवौं विकेटको रुपमा सोमपाल कामी आउट भएका थिए । उनले नेपालको स्कोरलाई सम्मान जनक रुपमा पुर्याएका छन् ।

नेपालका लागि सोमपाल कामीले सर्वा्धिक ६१ रनको पारी खेले। नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाएका कामीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे।उनले  नेपालका लागि थोरै बलमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड पनि राख्न सफल भए । सोमपालले ३८ बलमा अर्धशतक बनाएका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।

त्यस्तै, नेपालले चौथो विकेटको रुपमा दीपन्द्रसिंह ऐरीलाई १९ रनमा गुमाएको हो । दीपेन्द्र रन आउट हुन पुगे । त्यस्तै, सुवास खकुरेल १९, आरिफ शेखले १६, ज्ञानेन्द्र मल्ल १३, रोहित कुमार पौडेल ६, अनिल कुमार शाह ४ र बसन्त रेग्मी १ रनमा आउट भएका थिए ।

नेदरल्याण्डका लागि कालासेनले ३ तथा रिपोन र सिलारले २/२ विकेट लिए।