22nd August | 2018 | Wednesday | 1:33:04 AM

सिपिएल खेल्न सन्दीप वेष्ट इन्डिजतर्फ

  POSTED ON : Sunday, 05 August, 2018 (7:55:31 PM)

सिपिएल खेल्न सन्दीप वेष्ट इन्डिजतर्फ

हिमालय टाइम्स

काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजतर्फ प्रस्थान गरेका छन् । नेदरल्याण्ड्सविरुद्ध नेपालका तर्फबाट दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएर उनी वेष्ट इन्डिज प्रस्थान गरेका हुन् । 

सन्दीपले नेदरल्याण्ड्सविरुद्ध दुई खेलमा गरी २० ओभर बलिङ गरेर महŒवपूर्ण चार विकेट लिएका थिए । पहिलो खेलमा ४२ रन खर्चिएर १ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ४१ रन दिएर ३ विकेट लिएका थिए । सिपिएलमा उनी क्रिस गेलको कप्तानीमा रहेको सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सबाट खेल्नेछन् । उनलाई ६ महिनाअघि लन्डनमा भएको अक्सनमा ५ हजार डलरमा उक्त टिमले खरिद गरेको हो ।

सिपिएलपछि सन्दीप नेपालका लागि एशिया कप छनौट खेल्न मलेसिया आउनेछन् । यसै सिजनमा उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्समा आबद्ध भई अन्तिम तीन खेलमा आफ्नो प्रतिभा देखाएका थिए ।