21st October | 2018 | Sunday | 8:20:02 AM

एसियाडमा नेपालले पहिलो खेल जापानसँग खेल्ने

हिमालय टाइम्स   POSTED ON : Monday, 06 August, 2018 (4:51:33 PM)

एसियाडमा नेपालले पहिलो खेल जापानसँग खेल्ने

काठमाडौं । एसियाडअन्तर्गत पुरुष फुटबलतर्फ नेपाली युवा टिमले पहिलो खेलमै जापानको सामना गर्ने भएको छ । एसियाली फुटबल महासंघले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा जापानलाई प्रतिद्वन्द्वी पाएको हो ।

नेपाली युवा टोलीले जापानसँग १४ अगस्टमा आफ्नो पहिलो खेल खेल्ने छ । खेल नेपाली समयअनुसार २ः४५ बजे सुरु हुनेछ । सोही दिन समूह ‘डी’ बाट भियतनाम र पाकिस्तान पनि आमने–सामने हुनेछन् ।

नेपालले अगस्ट १६ मा दोस्रो खेल भियतनासँग खेल्नेछ । सोही दिन पाकिस्तान र जापान आपसमा भिड्नेछन् ।

समूह चरणको अन्तिम खेल १९ अगस्टमा नेपालले पाकिस्तानसँग खेल्नेछ । सोही दिन जापान र भियतामले पनि आपसमा प्रतिश्पर्धा गर्नेछन् ।

एसियाड र साफ च्याम्पियनसिपको लागि नेपाली युवा टोली शुक्रबार वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गरिसकेको छ । थाइल्याण्ड पुगेको नेपाली टिमले शनिबारबाटै प्रशिक्षण शुरु गरेको जनाइएको छ । १० दिन लामोको प्रशिक्षणका क्रममा नेपालले दुई मैत्रीपूर्ण खेलसमेत खेल्दैछ ।


Views: 6