17th December | 2018 | Monday | 2:10:59 AM

बलात्कारको आरोप झुठो : रोनाल्डो

एजेन्सी   POSTED ON : Tuesday, 02 October, 2018 (3:07:24 PM)

बलात्कारको आरोप झुठो : रोनाल्डो

लण्डन । पोर्चगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफूृमाथि लागेको बलात्कारको आरोप झुठो भएको बताएका छन् । एक अमेरिकी महिलाले सन् २००९ मा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । इन्ष्ट्राग्राममा भिडियो सार्वजनिक गर्दै रोनाल्डोले ती महिलाले आफ्नो नाम प्रयोग गर्दै आफूलाई प्रचारमा ल्याउन चाहेको र त्यो सामान्य भएको बताएका छन् । रोनाल्डोका वकिलले उक्त आरोप लगाउने जर्मनीको पत्रिकामाथि कानुनी उपचार खोजिने बताएका छन् । जर्मनीको म्यागेजिनले अमेरिकी क्याथरिन मायोग्राले लस भेगासको एक होटलमा आफूमाथि बलात्कार गरेको बताएको उल्लेख गरेको थियो । ३४ वर्षीया ती महिलाले आफूले स्थानीय प्रहरीलाई पनि उजुरी गरेको उल्लेख गरेकी छन् ।

ती महिलाले सन् २०१० मा रोनाल्डोसँग ३ लाख ७५ हजार डलरमा उक्त घटनाबाहिर नल्याउने शर्तमा बन्द गरिएको समेत उल्लेख गरेकी छन् । विज्ञप्तिमा रोनाल्डोका वकिल क्रिस्टियन स्कार्टसले आरोप आधारहिन भएको बताएका छन् । रोनाल्डोका वकिलले ती महिलाले नैतिक रुपमा मानहानी गरेकाले उनीमाथि क्षतिपूर्ति भराइने बताएका छन् । उनले कसैको व्यक्तिगत जीवनमा असर पार्ने यो गम्भीर घटना भएको बताएका छन् । रोनाल्डो यसै सिजनमा रिल म्याड्रिडबाट ९९.२ मिलियन पाउण्डमा इटालिन क्लब युभेन्ट्स आएका थिए । 


Views: 133