19th October | 2018 | Friday | 4:47:04 AM

यू–१९ एसीसी कप–नेपालको पहिलो जित

  POSTED ON : Tuesday, 02 October, 2018 (7:53:08 PM)

यू–१९ एसीसी कप–नेपालको पहिलो जित

काठमाडौं । बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३ विकेटले हराएर पहिलो जित हासिल गरेको हो ।

क्रिरा शिख मैदानमा युएईलेदिएको २६९ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा मात्र ७ विकेट गुमाएर पूरा गर्यो ।

एसिया कपको समूह चरणबाटै बाहिरिसकेको नेपालको लागि रोहित कुमार पौडेल र सन्दीप जोराले अर्धशतकीय इनिङस खेले । रोहितले ८९ रन जोडे । सन्दीपले ६८ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६८ रन जोड्दै नेपाललाई फराकिलो लक्ष्य दिएको हो ।

युएईका लागि कप्तान फाहद नवाजले ८३ रन जोड्दा अंश टन्डनले ६७ रनको अर्धशतकीय पारी खेले । दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए । 

नेपालका नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २–२ विकेट लिएका थिए ।

दुबै टोली यसअघिका दुई÷दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो । 


Views: 69