16th December | 2018 | Sunday | 11:01:38 PM

इपिएल क्रिकेट मंसिर अन्तिम साता

हिमालय टाइम्स   POSTED ON : Friday, 05 October, 2018 (3:48:21 PM)

इपिएल क्रिकेट मंसिर अन्तिम साता

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता काठमाडौंमा हुने भएको छ । आयोजक इपिएल प्राइभेट लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर २२ देखि पुस ७ सम्म सञ्चालन हुने जनाएको हो ।

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रतियोगिताको मिति घोषणा गर्दै स्वदेशी तथा विदेशी खेलाडी उपलब्ध हुने समयलाई मध्यनजर गर्दै समय घोषणा गरिएको बताए । ‘हामीले कुन समय उपयक्त भनी गृहकार्य गरेका थियौं,’ अख्तरले भने, ‘विदेशी खेलाडी तथा स्वदेशी खेलाडी उपलब्ध हुने हिसाबले यो सही समय भएकाले टोली मालिकसँगको छलफलमा मिति टुुंग्याइएको हो । यस मितिबारे हामीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) लाई पनि जानकारी गराइसकेका छौं ।’

यसपटक आयोजकले प्रतियोगिता आयोजना अवधि पाँच दिन बढाउँदै १५ दिनमा पु¥याएको छ । ‘समर्थकसँग एकदिनमा विहानदेखि बेलुकासम्म बसेर खेल हेर्ने फुर्सद नहुने भएकाले सकेसम्म एकदिनमा एउटामात्रै खेल राख्यौं भनेर अवधि बढाईएको अख्तरले बताए । प्रतियोगिता अवधिमा समर्थकलाई सजिलोका लागि तीनवटा शनिबार समेत पारिएको छ । इपिएलमा राउण्ड रोबिनका आधारमा १९ खेल हुनेछन् । अंक तालिकाका शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

प्रतियोगितामा गतसंस्करणका विजेता विराटनगर वारियर्स, काठमाडौं किंग्स् एल्यावेन, ललितपुर प्याट्रियोट्स, पोखरा राइनोज्, चितवन टाइगर्स र भैरहवा ग्लाडियर्टस् गरी ६ टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीले खेलाडी बोलकबोल (अक्सन) गरी अनुबन्ध गर्ने गर्छन् । एक टोलीमा तीन विदेशी खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस संस्करणको इपिएलका लागि काठमाडौं किंग्स एल्यावेन र चितवन टाइगसर््ले विदेशी खेलाडीसमेत घोषणा गरिसकेका छन् । काठमाडौंले जिम्बाबेका सिकन्दर राजा, युएर्र्ईका कप्तान रोहन मुस्तफा र आयरल्याण्डका केभिन ओ ब्राइनसँग सम्झौता गरिसकेको छ । त्यसैगरी चितवनले न्युजिल्याण्डका जेम्स फुलर र इंग्ल्याण्डका म्याक्स होल्डनलाई ल्याउने जनाएको छ ।


Views: 90