17th October | 2018 | Wednesday | 9:56:17 PM

थाइल्यान्डमाथि नेपालको सहज जित

हिमालय टाइम्स   POSTED ON : Sunday, 07 October, 2018 (7:03:54 PM)

थाइल्यान्डमाथि नेपालको सहज जित

 काठमाडौं । आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह ’बी’ मा नेपालले लगातार तेस्रो जित निकालेको छ । 

आज भएको तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डकवर्थ लेविस डिएल पद्दतिको आधारमा १४० रनले हराएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । 

नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४० रन्को योगदान दिएका थिए भने शरद भेषवाकरले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३० रन जोडेका थिए ।

ओपनर अनिल कुमार साहले २५ र बिनोद भण्डारीले १५ रन जोडे । कप्तान पारस खड्का ५ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भएका थिए ।

थाइल्याण्डका लागि पयुपुथ सुनग्नार्डले ४ तथा भिचानाथ सिंहले २ विकेट लिए ।

जितसंगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले ३ खेलबाट ६ अंक जोडेको छ ।


Views: 47