19th December | 2018 | Wednesday | 1:40:32 AM

पाँचौं चरणका खेलहरू आजबाट

हिमालय टाइम्स   POSTED ON : Friday, 30 November, 2018 (2:14:38 PM)

पाँचौं चरणका खेलहरू आजबाट

काठमाडौं । सहिद स्मारक लिग प्रतियोगिताअन्तर्गत शुक्रबारबाट पाँचौं चरणका खेल सुरु हुँदैछन् । पाँचांै चरणको पहिलो खेलमा बिहान न्यूरोड टिम एनआरटी र नेपाल पुलिस क्लब भिड्दैछन भने दिउँसो थ्रीस्टार र एपीएफ भिड्नेछन् ।

लिगमा बुधबार चौथो चरणका खेल सकिँदा मनाङ मस्र्याङ्दी क्लब अपराजित रहँदै शीर्ष स्थानमा छ । उसले चार खेलमै जित निकाल्दै १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीले एक खेल बराबरी खेल्दा १० अंक छ । 

आर्मीले पहिलो चरणको खेलमै एनआरटीसँग २–२ को बराबरी खेलेको थियो । त्यसयता हरेक खेलमा उसले जित निकाल्दै आएको छ । दोस्रो चरणमा उसले च्यासल युथ क्लबलाई १–० ले पराजित गरेको थियो । यस्तै तेस्रो चरणमा पुलिसलाई पनि त्यही अन्तरले पराजित गरेको आर्मीले चौथो चरणमा संकटामाथि भने ५–१ को जित हात पा¥यो । 

मनाङले भने पहिलो खेलदेखि नै आफ्नो उपाधि लक्ष्य प्रस्तुत गरिसकेको थियो । ब्रिगेड ब्वाइजलाई पहिलो खेलमा ३–१, एनआरटीलाई २–०, थ्रीस्टारलाई २–१ र एपीएफलाई मनाङले त्यही अन्तरले पाखा लगाइसकेको छ । 

यता, दश अंक नै रहेको हिमालय शेर्पाले पनि तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै शीर्ष दुई टोलीलाई पछ्याइरहेको छ । लिगको अर्को दाबेदार टोली थ्रीस्टार भने चौथो स्थानमा छ । थ्रीस्टारले तीन खेलमा जित हात पारे पनि तेस्रो चरणमा मनाङसँगको हारका कारण ऊ तेस्रो स्थानमा खुम्चिनु परेको हो । ९ अंक रहेको उसलाई समान अंकसहित संकटा क्लबले पछ्यारहेको छ । 

चौथो चरणका खेलहरू सम्पन्न हुँदा नेपाल पुलिस क्लब (७), सरस्वती क्लब (६), च्यासल युथ क्लब (४), एपीएफ (४), ब्रिगेडब्वाइज (३), मछिन्द्र (२) क्लब क्रमशः छैटौंदेखि एघारौं स्थानसम्म छन् । समान एक–एक अंक रहेका जावलाखेल, फ्रेण्ड्स र न्यूरोड टिम पुछारमा रहेका छन् । 

पाँचौं चरणको खेल तालिका

मंसिर १४ ः एनआरटी भर्सेस नेपाल पुलिस (बिहान ११ बजे, एन्फा कम्प्लेक्स)

मंसिर १४ः आर्मी भर्सेस एपीएफ (दिउँसो २ः३० बजे, एन्फा कम्प्लेक्स)

मंसिर १५ ः संकटा भर्सेस च्यासल (बिहान ११ बजे, हल्चोक)

मंसिर १५ः मनाङ भर्सेस संकटा (दिउँसो २ः३० बजे, हल्चोक)

मंसिर १६ः मछिन्द्र भर्सेस फ्रेण्ड्स (बिहान ११ बजे, एन्फा कम्प्लेक्स)

मंसिर १६ः आर्मी भर्सेस हिमालय शेर्पा (दिउँसो २ः ३० बजे, एन्फा कम्प्लेक्स)

मंसिर १६ ः ब्रिगेड ब्वाइज भर्सेस जावलाखेल (दिउँसो २ः३० बजे, हल्चोक)


Views: 48