19th December | 2018 | Wednesday | 12:33:34 AM

फिफा बरियतामा नेपाल एक स्थान तल

हिमालय टाइम्स   POSTED ON : Friday, 30 November, 2018 (2:16:32 PM)

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औं स्थानमा पुगेको छ । गत महिना नेपाल १६१औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७औं स्थानमा यथावत् रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औं स्थानमा छ । 

त्यस्तै भुटान १८६औं, बंगलादेश १९२औं, पाकिस्तान १९९औं र श्रीलंका २०१औं स्थानमा छन् । नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौं स्थानमा इंल्यान्ड, पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विजरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् । 


Views: 56