19th December | 2018 | Wednesday | 1:39:57 AM

‘ए’ डिभिजन लिगः छैटौं चरणका खेल आजदेखि

हिमालय टाइम्स   POSTED ON : Tuesday, 04 December, 2018 (2:26:40 PM)

‘ए’ डिभिजन लिगः छैटौं चरणका खेल आजदेखि

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारदेखि छैटौं चरणका खेल हुने भएका छन् । लिग निर्देशक सञ्जीव मिश्रका अनुसार छैटौं चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । मंगलबारनै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्नेछन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । 

बुधबार मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्री स्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज् क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मंसिर २२ गतेदेखि सातौं चरणका खेल हुनेछन् । 

पाँचांै चरणका खेल आइतबार सकिएका थिए । जसमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ । मनाङ शतप्रतिशत नतिजा निकाल्दै १५ अंकका साथ शीर्ष स्थानमा छ । मनाङलाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बाराबरीसहित १३ अंकका साथ दोस्रो स्थनामा छ । 

थ्री स्टार र संकटा चारमा जित र एउटामा पराजित हुँदै १२÷१२ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीनमा विजयी, एउटामा पराजित र एका खेलमा बराबरीको नतिजासहित समान १०÷१० अंकका साथ पाँचौ र छैटौं स्थानमा छन् । सरस्वति क्लब दुई जित र तीन खेलमा पराजित हुँदैछ अंकका साथ सातौं स्थानमा छ । 

ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लब एउटा जित, एउटामा बराबरी र तीन खेलदमा पराजित हुँदै चार अंकका साथ आठौं र सोही नतिजाका साथ फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब क्रमशः नवौं, १०औं र ११औं स्थानमा छन् । चार खेलमा पराजित र एउटामा जितसहित ब्रिगेड ब्वाइज् लिगको १२औ स्थानमा छ । मछिन्द्र दुई अंकका साथ १३ औं तथा एनआरटी एक अंकका साथ अंक तालिकाको पुछारमा छ । 

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथो हुनेले १५ लाख, पाँचांैले सात लाख र छैटौंले पाँच लाख पुरस्कार पाउनेछन् । फेयर प्ले टिमले एक लाख, प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार प्रदान गर्नेछ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए ।


Views: 37