25th June | 2019 | Tuesday | 3:15:22 AM

दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजितहुँदा भारत बलियो स्थितिमा

  POSTED ON : पुष २२, २०७५ (१२:१२ PM)

दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजितहुँदा भारत बलियो स्थितिमा

केप टाउन । दक्षिण अफ्रिकाले न्यूल्यान्डमा खेलिएको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको छ । 

जितका लागि ४१ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले ९.५ ओभरमा एक विकेटको क्षतिमा निर्धा्रित लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य चौथो दिन एक घण्टाभित्रै पूरा गरेको थियो । 

उक्त जितसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा लगातार सातौं पटक शृङ्खला कब्जा गरेको छ । तीन टेस्टको यस शृङ्खलामा पहिलो टेस्ट अफ्रिकाले छ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट आगामी शुक्रबारदेखि जोहानेसबर्गमा शुरु हुँदैछ । 

यस खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपरेको पाकिस्तानले सबै विकेट गुमाई पहिलो इनिङमा १७७ र दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिङमा ४३१ रन बनाएको थियो । 

भारत–अस्ट्रेलिया टेस्टः भारत बलियो स्थितिमा 

अस्ट्रेलियाको सिड्नीमा भइरहेको चौथो तथा अन्तिम टेस्ट खेलमा भारत बलियो स्थितिमा पुगेको छ । टस जिती ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सात विकेटको क्षतिमा ६२२ रनको विशाल स्कोर खडा गरेको छ । 

तुलनात्मक रुपमा सहज ब्याटिङ पिच देखिएको सिड्नीमा अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाई ३०० रन मात्र बनाएपछि भारतले अस्ट्रेलियालाई फलोअनमा पठाएको छ । अस्ट्रेलियाको घरेलु मैदानमा ३० वर्षपछि पहिलोपटक अस्ट्रेलिया फलोअनमा परेको हो । 


अस्ट्रेलियाले दोस्रो इनिङमा चौथो दिनको समाप्तिसम्म बिना क्षति ६ रन बनाएको छ । 

यस शृंखलामा भारत २–१ ले अघि छ, र यो खेल बराबरी गरेमा वा विजयी भएमा भारतले शृंखला कब्जा गर्नेछ । 

रासस


Views: 116