24th July | 2019 | Wednesday | 2:10:17 PM

थ्री स्टार लिगमा तेस्रो

हिमालय टाइम्स   POSTED ON : पुष २३, २०७५ (७:४९ AM)

थ्री स्टार लिगमा तेस्रो

काठमाडौं । रुस्लान थ्री स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो भएको छ । लिगको अन्तिम चरणको खेलमा आइतबार हिमालय शेर्पालाई २–० गोलअन्तरले पराजित गर्दै थ्री स्टार तेस्रो बनेको हो । थ्री स्टारले १३ खेलबाट ८ जितसहित २६ अंक जोड्यो । यस्तै उसले २ खेलमा बराबरी र तीन खेलमा हारसहित लिग अन्त्य गरेको छ । 

लिगको उपाधि यसअघि नै एघारौं चरणसम्म अपराजित रहँदै मनाङमस्र्याङ्दी क्लबले उचालिसकेको छ । यस्तै संकटा क्लब लिगको उपविजेता टोली बनिसकेको छ । 

थ्री स्टारलाई लिगमा तेस्रो बनाउन बुद्धि लिम्बू र रञ्जन विष्टले गोल गरेका थिए । खेलको २८औं मिनेटमा रञ्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गरेका थिए । पहिलो हाफमा उनको एक गोलसँगै थ्री स्टारले १–० को अग्रता लिएको थियो । 

यस्तै खेल सकिन एक मिनेट बाँकी रहँदा रञ्जनले थ्री स्टारका लागि दोस्रो गोल गरे । रञ्जित धिमालको पासलाई रञ्जन विष्टले नियन्त्रणमा लिएर पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए । लिगमा रञ्जनको यो छैटौं गोलसमेत हो ।

यस्तै आइतबार नै भएको अर्को खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले मछिन्द्र क्लबमाथि सहज जित निकाल्दै लिगको अन्त्य गरेको छ । आर्मीले मछिन्द्रलाई ३–० गोलअन्तरले पराजित ग¥यो । आर्मीको जितमा भरत खवासले दुई तथा टंक बस्नेतले एक गोल गरे ।

२९औं मिनेटमा टंक बस्नेतको गोलबाट मछिन्द्र पछि परेको थियो । खेलको ६२औं मिनेटमा भरतले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । यस्तै ७३ औं मिनेटमा भरतले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ३–० को सहज जित दिलाएका हुन् ।

जितसँगै आर्मीले लिगको चौथो स्थानमा रहेको छ । आर्मीले १३ मध्ये ७ खेलमा जित, २मा हार र चारमा बराबरीको नतिजा निकाल्यो । मछिन्द्र भने ७ अंक जोडेर १३औं स्थानमा रहेको छ । उसले १३ मध्ये एक खेलमा मात्रै जित निकाल्न सकेको थियो । उसले ८ खेलमा हार तथा ४ खेलमा बराबरीको नतिजा निकाल्यो । 

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौंले पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउनेछन् । 


Views: 64