22nd May | 2019 | Wednesday | 2:18:45 AM

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

  POSTED ON : माघ २०, २०७५ (१०:४९ AM)

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

काठमाडौं । नेपाल र युएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्रा्ष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन । 

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल शुरु हुन सकेको छैन । तीन खेलको उक्त सिरिज दुवै टोलीले एक–एक खेल जितेका छन् । वर्षाका कारण खेल रद्द भए सिरिज बराबरीमा टुङ्निेछ । 

युएईको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टी–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको थियो ।


Views: 74